मधेसमा जसपा संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु र सरोजकुमारको उम्मेदवारी
२५ पुस, काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी दिएका छन् ।
जनकपुरधामस्थित जसपा पार्टी कार्यालय पुगेर मुख्यमन्त्री राउत र निवर्तमान सभामुख यादवले दलका नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि संसदीय दलको नेतामा अन्य आकांक्षीहरू देखिए पनि उनीहरूले यादवलाई समर्थन गरेको जसपा स्रोतले जनाएकाे छ । मधेस प्रदेशमा जसपाका १६ सांसद छन् ।
मधेश प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आलोपालो गर्ने सहमति सत्ता गठबन्धन दलका शीर्ष नेताहरुमा भएको छ ।दलहरूले मधेसमा मुख्यमन्त्री जनता समाजवादी पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीले आलोपालो चलाउने सहमति गरेका हुन् ।
प्रकाशित मिति : 12:08









