१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयकाे अधिकार लोसपाका अध्यक्ष ठाकुरलाई

२४ पुस, काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको हो ।

साथै बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : January 8, 2023 at 4:47 pm