२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी, यी विषयमा छलफल हुने

२४ पुस, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय सचिवालय बैठक बसिरहेको छ । संघीय संसदको अधिवेशनको पूर्वसन्ध्यामा जारी बैठकमा संसदमा निर्वाह गर्नुपर्ने भूमिका, सरकारलाई दिने विश्वासको मत तथा समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ ।

रवि लामिछाने नेतृत्वको सो पार्टीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन जनाएको छ । सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । जारी बैठकमा पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी हुने नेताको विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १६:३८