इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबारको मिति तय
२४ पुस, काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडकाे एकीकृत कारोबारको मिति तय भएकाे छ । यी दुइ बैंकहरूले पुस २७ गतेदेखि एकिकृत काराेबार सुरू गर्ने भएका हुन् ।
दुबै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस १७ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस २१ गते अन्तिम स्वीकृति दिइसकेको छ ।
दुवै बैंकको ७ पुसमा सम्पन्न साधारण सभाले पनि आपसमा गाभ्ने गाँभिने प्रस्ताव पारित गरिसकेको छ । यी दुबै बैंक १००ः ९० को अनुपातमा मर्ज हुन लागेको छ । यसकाे अर्थ नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर हुने छ ।
मर्जर पछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुने र बैंक संचालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ ।
हाल मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ। मर्जरपछि बैंकको चुक्तापुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ । मर्जरपश्चात हरेक क्षेत्रमा सबैभन्दा ठूलो बैंक बन्ने छ ।
प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १२:१९












