२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

सरकार बनाउने र गिराउने नाममा विदेशी चलखेल बन्द गर्न ओलीको चेतावनी

२३ पुस, काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउने र गिराउने नाममा भैरहेको विदेशी चलखेल बन्द गर्न चेतावनी दिएका छन । एमालेका सांसदहरूका लागि भएको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन ।

उनले भारतको नामै नलिइ उसको गतिबिधिको चर्को आलोचना गरे । भारतले एक खालको गठबन्धन गरेर सरकार बनाउने खेल खेलिरहेको समयमा ओलीले सत्ता साँचो आफ्नो हातमा लिएका थिए । जसका कारण नेपालमा अस्थिरता माच्चाउन चाहने विदेशी शक्तिहरू स्तब्ध बनेका छन ।

शनिबारको सम्बोधनमा ओलीले कम्युनिष्ट नेतृत्वको नयाँ सरकार गठन भएकोमा छिमेकी देश भारत असन्तुष्ट भएकोतर्फ इंकित गर्दै भने ‘हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउछौं तपाईहरूले सहयोग गर्नसक्नु हुन्छ गर्नुहोस् तर आन्तरिक मामिलामा हात हाल्ने आँट नगर्नुहोस् ।’ ओलीले त्यस्ता तत्वहरू अहिले पनि यो सरकार फेरफार गर्नुपर्छ, यसरी सरकार बनाउन कहाँ पाइन्छ भनेर सरकार ढाल्न लागिरहेको आरोप लगाए ।

उनले नयाँ सरकार गठनपछि पत्रपत्रिका हेरिसक्नु नभएको, कुटनीतिक चलखेल बुझनसक्नुको भएको पनि बताए । यसप्रकारका गतिविधि बन्द गर्न र मित्रको हिसाबले चल्न उनले आग्रह गरे । छिमेकीहरूलाई यहाँ बनेको सरकारसँग मिलेर काम गर्न आग्रह गर्दछौं । पारस्परिक सम्बन्ध राखेर अघि बढ्दौं । आत्तिनु पर्ने अवस्था केही पनि छैन । तर ढोकाबाट होइन पर्खालमाथिबाट पसेर हस्तक्षेप बन्द गर्न उनले आग्रह गरे ।

प्रकाशित मिति : २३ पुष २०७९, शनिबार १७:४५