२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

देउवाले प्रधानमन्त्री पद बाँड्नुको अर्थ छैन २६ गते सरकारले विश्वासको मत पाउँछः ओली

२३ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते संसदमा सरकारले विश्वासको मत पाउने बताएका छन । एमालेका सांसदहरूलाई प्रशिक्षण दिन संसद भवन परिसर बानेश्वरमा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले विश्वासको मत पाउनेमा शंका नगर्न आग्रह गरे ।

उनले त्यसका लागि एमालेका सांसदहरूलाई २६ गतेको बैठकमा समयमै संसद बैठकमा उपस्थित भएर सरकारलाई विश्वास मत दिन अपिल गरे । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद बाँड्दै हिँडिरहेको सन्दर्भ उल्लेख गर्दै ओलीले सरकारलाई प्रतिनिधिसभाको विश्वास छ भनेर प्रमाणित गर्नुपर्ने बताए ।

कांग्रेसले विगतमा जस्तै फेरि पनि च्याँखे थाप्न सक्नेमा चनाखो हुनुपर्ने भन्दै ओलीले विभिन्न दलका नेतालाई प्रधानमन्त्रीको अफर गर्नुको संवैधानिक औचित्य नै नरहेको बताए । अहिलेको सरकारले विश्वासको मत पाउन नसके आफू स्वत प्रधानमन्त्री हुने भएपछि देउवाले प्रधानमन्त्री बाँडेको उनको भनाइ रहेको छ ।

प्रकाशित मिति : २३ पुष २०७९, शनिबार १४:३८