७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

पुस २५ गतेदेखि एकिकृत कारोबार गर्दै ग्लोबल आइएमई बैंक र बीओके

२१ पुस, काठमाडाैं । बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले पुस २५ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । दुबै बैंकले मर्जर प्रक्रिया पूरा गरी  पुस २५ गतेबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले पुस १७ गते दुवै बैंकलाई पत्राचार गर्दै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको थियो। दुवै बैंकले कम्पनी रजिस्ट्राको कार्यालयबाट गत पुस १९ गते एकीकृत कारोबारका लागि स्वीकृति पाएका थिए।

राष्ट्र बैंक र कम्पनी रजिस्ट्राको कार्यालयबाट स्वीकृति पाएसँगै दुवै बैंकले ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन्। मर्जरपश्चात बैंकको कुल पुँजी रु. ५७ अर्ब, चुक्तापुँजी रु. ३५.७७ अर्ब, कुल निक्षेप रु. ४०० अर्ब र कुल कर्जा रु. ३७९ अर्बभन्दा बढी पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ।

प्रकाशित मिति : January 5, 2023 at 10:43 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/