६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९ सय पुग्याे

२० पुस, काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले घटेर प्रतितोला रु एक हजार चार सयमा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १२:२१