१० असार २०८३, बुधबार | Wed Jun 24 2026

दलाली बनेर मुद्दा जिताउन नसकेपछि नुरप्रसाद अधिकारीद्धारा पाटन अदातलमा तोडफोड

८ असोज, काठमाडाैँ ।  गाेरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले पाटन उच्च अदालतमा ताेडफाेड गरेका छन्। अदालतमा चलिरहेको मुद्दा हारेपछि अधिकारीले अदालतमा तोडफोड गरेका हुन्। आइतबार साँझ अधिकारीले इजलास अधिकृतलाई समेत आक्रमण गरी कुर्सी, दराज लगायतका सामाग्री तोडफोड गरेका हुन ।

नूरप्रसादले कम्प्युटर, दराजका झ्यालका सिसा समेत तोडफोड गरी भौतिक क्षति पुर्‍याएको अदालतका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए । उनले नूरप्रसादले गोरखाको माया घतानीको मुद्दा वारेशमा लिएर आएका रहेछन् । मुद्दा हारेपछि आक्रमण र तोडफोड गरेका हुन ।अदालतकाे भौतिक संरचना थप क्षति हुन नदिन प्रहरीले अधिकारीलार्इ पक्राउ गरेको छ ।

प्रकाशित मिति : September 24, 2018 at 12:10 pm