७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

ज्ञानेन्द्र मल्लले भनेः टीमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको थियो

१९ पुस, काठमाडौं । नेपाल टी–२० लिग खेलिरहेको काठमाडौं नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका छन् ।

मंगलबार बिराटनगर सुपर किङ्ससँगको खेलपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एक जना खेलाडीलाई फिक्ङिको प्रस्ताव आएको खुलाएका हुन् ।

मल्लले भने, ‘फिक्सिङ गर्नु र अप्रोच आउनुमा धेरै फरक छ । हामीले त्यसलाई लिने या नलिने भन्ने कुरा हो । हामीले त्यो कुरालाई बेवास्ता गर्‍यौँ ।’

कुन खेलाडीलाई कसले अप्रोच गरेको भन्नेबारे मल्लले खुलाउन चाहेनन् । यो कुराले खेलाडीलाई असर पर्ने भन्दै उनले नाम बताएनन् ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १४:२५