२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

९०० ले बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

https://www.muktinathbank.com.np/online/loan-application

१९ पुस, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो।

योसँगै मंगलबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार १०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

सोमबार सुनको भाउ स्थिर रहदै छापावाल सुन प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। साेमबार चाँदी स्थिर रहँदै  १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : January 3, 2023 at 12:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/