संस्कृत भाषामा सपथ लिएका रौतहट २ का सांसद किरण साह एमाले प्रवेश, ओलीले गरे स्वागत
१९ पुस, काठमाडौँ । नेपालको संसदीय इतिहासमा पहिलो पटक संस्कृत भाषामा सपथ लिएका रौतहट २ का स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश गरेका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालोकटस्थित आफ्नो निवासमै बोलाएर साहलाइ एमालेमा स्वागत गरे ।

साह सोमबार राति एमाले प्रवेश गरेका हुन । स्वतन्त्र संसदहरूले संसदको कार्यकालभरी एक पटक दल रोज्न पाउने व्यवस्था छ । सोही अनुसार साहले एमाले रोजेका हुन ।
उनीले संस्कृत भाषामा सपथ लिएपछि उनले भनेका थिए ‘राष्ट्रिय एकता र अखण्डता बचाउन नेपालमा बोलिने प्रायजसो भाषाको जननीका रूपमा रहेको संस्कृत भाषामा शपथ लिएँ ।’

५औं शताब्दी ईसा पूर्वदेखि संस्कृत विद्वानले हल गर्न नसकेको व्याकरणीय समस्याको क्याम्ब्रिज विश्वविद्यालयका एक भारतीय पीएचडी विद्यार्थीले समाधान गरेको चर्चा विश्वव्यापी बनेको समयमा साहले नेपालको संसदमा पनि संस्कृत भाषाको विषयलाई उजागर गरिदिएका थिए ।

प्रकाशित मिति : January 3, 2023 at 8:14 am









