१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

बाराही हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

१८ पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर सूचीकृत भएको छ। साेमबार नेप्सेमा कम्पनीकाे २५ लाख कित्ता सेयर सूचीकृत भएको हाे।

नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४.९७ रुपैयाँदेखि अधिकतममा १९४.९१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। कम्पनीलाई ‘बीएचपीएल’ कारोबार संकेत प्रदान गरेको छ। कुनै पनि कम्पनीको आईपीओमा नेप्सेमा सूचीकृत भएको भाेलिपल्टबाट दोस्रो बजारमा कारोबारमा आउने गर्छ।

यदि नेप्सेले तोकेको रेन्जभित्र स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।

प्रकाशित मिति : January 2, 2023 at 3:04 pm