२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने

१८ पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयमा पत्र दिएका छन् ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसकारण प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसद सचिवालयलाई २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्र दर्ता गरेका हुन् ।

२६ पुसको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्रमा प्रधानमन्त्रीले भनेका छन् ।

प्रकाशित मिति : January 2, 2023 at 2:26 pm