६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

माओवादीको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा महरा चयन

१८ पुस, बुटवल । नेकपा माअ‍ेवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् । सोमबार माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको हाे ।

प्रदेश सभामा ९ सांसदहरु रहेको दलको बैठकले उनलाई संसदीय दलको नेतामा निर्वाचित गरेको माओवादी लुम्बिनी अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।  लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलको नेतामा महरासँगै इन्द्रजित थारु र बसन्त घर्ती पनि आकांक्षी थिए ।

प्रकाशित मिति : January 2, 2023 at 1:54 pm