६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

~डा. विदुर चालिसे

–“चुच्चेकाे पहिचान के हाे ?”

–“बाह्मण जाती !”

विश्व हिन्दु विश्वविद्यालयमा प्राध्यापक चुच्चाे हुनुकाे अर्थलाई साेधिरहेका थिए । शिष्यहरू आफ्नाे जातीय पहिचान समेटेर उत्तर फर्काइरहेका थिए । प्राध्यापक मख्ख थिए । शिष्यहरू नाक ठाडाे पारेर गुरूकाे वरपर गणेश झैं देवादिदेव महादेवकाे सेवाका लागि घुमिरहन्थे । एकदिन शिष्यले आफैंले लगाएकाे शिरकाे टाेपी छामेर भने ।

–“गुरु ! मेराे शिरकाे टाेपी पनि चुच्चाे छ । चुच्चेकाे परिभाषा बदलेर ब्राह्मण हैन, टाेपी भनाैं अब !”

–“उल्लू ठिटा चुपलाप !”

प्राध्यापकलाई रिस उठ्याे। ब्राह्मण जातीकाे पहिचान भएपनि

उनीसँग चुच्चे टाेपीकाे पहिचान थिएन । बढी जान्ने हुन्छ भनेर उनलाई झाेंक चल्याे, परीक्षामा नम्बर घटाइदिए । शिष्य हैरान हुन थाल्याे । उसलाई आफ्नाे निजी पहिचानकाे तृष्णा लागेर आयाे । कक्षामा आफ्नै तर्क घाेक्न थाल्याे ।

–“चुच्चेकाे पहिचान नेपाली टाेपी !”

आउँदाजाँदा प्राध्यापकले शिष्यकाे कुरा सुनेर आँखा तर्न लागे । उनकाे पनि पहिचान बदलिंदै जान लाग्याे । चुच्चाे नाकलाई बेलाबेला छाम्न लागे । छाम्दाछाम्दै सम्झे ।

–“खतरा पैदा भाे !”

कक्षाकाेठा भरिएकाे थियाे । शिष्यले पुन चुच्चेकाे पहिचानकाे अर्काे तर्क गर्न जुरूक्क उठेर भन्याे ।

–“चुच्चाेकाे पहिचान सगरमाथा पनि हाे !”

सबै अलमल्ल परेर सगरमाथा खाेज्न थाले । गुरूले अगाडि रहेकाे ग्लाेबमा लठ्ठीले देखाउँदै भने ।

–“याे हिमालय शृङ्खला प्राचीन भारत वर्षमा पर्थ्याे ।”

शिष्यलाई आफ्नै पहिचान हराउँदै गएकाे भान हुन्थ्याे । कक्षा काेठामा शरम लाग्न थाल्याे । उसकाे मुखबाट शरमकाे तिक्त अर्काे आवाज निस्क्याे ।

–“चुच्चे पहिचानकाे मेराे अर्काे प्रमाण हाे- चुच्चे नक्सा !”

प्राध्यापकले एकदिन तमाम शिष्यलाई अगाडि राखेर प्रवचन दिए ।

–“चुच्चे टाेपीकाे भाउ बढ गया !”

प्रकाशित मिति : १७ पुष २०७९, आईतवार १२:४०