गरिमा विकास बैंकको विदेशी मुद्रा विनिमयसम्बन्धी एकदिने अन्तर्क्रिया सम्पन्न
१५ पुस, काठमाडाैं । गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ– नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमयसम्बन्धी एकदिने बृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका सञ्चालक तथा कर्मचारीहरु गरी ११० जनाभन्दा बढीको उपस्थितिमा काठमाण्डौको ठमेलस्थिते होटेल मर्स्याङ्दीमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एन्टी मनी लन्डरिङ (गो एएमएल), सम्पत्ति शुद्धीकरणलगायतका समसामयिक विषयहरुमा बृहत छलफल तथा प्रशिक्षण सम्पन्न भएको छ।
कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले देशको समग्र बैंकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितिका बारेमा आफ्ना धारणा राखेका थिए।
हाल गरिमा विकास बैंकले लाजिम्पाट, ठमेल, माछापुच्छ्रेलगायत विभिन्न शाखाबाट विदेशी मुद्रा सटहीको सरल व्यवस्था गर्दै आइरहेको छ।
प्रकाशित मिति : December 30, 2022 at 11:08 am









