८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

राष्ट्र बैंकले स्विकृत गर्याे फरवार्ड माइक्रोफाइनान्सकाे ३० प्रतिशत लाभांश

१३ पुस, काठमाडाैं । नेपाल राष्ट्र बैंकले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश स्विकृत गरेकाे छ । कम्पनीकाे गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । साेही लाभांश राष्ट्र बैंकबाट स्विकृत भएकाे हाे ।

कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा पुस ३० गते दिनेश चाैधरी स्मृति प्रतिष्ठानकाे सभाहल, दुहवी, सुनसरीमा दिउँसाे १ बजेदेखि सुरु हुनेछ । सभाले उक्त लाभांश पारित गरेसँगै लगानीकर्ताहरूलाई वितरण गरिने छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पुस १७ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पुस १४ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १६:५५