८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

प्रभु बैंकको ४० लाख कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

१३ पुस, काठमाडौं । प्रभु बैंकको संस्थापक समूहको ४० लाख कित्ता सेयरमा आवेदन दिने आज पुस १३ गते बुधबार अन्तिम दिन रहेकाे छ । आज कार्यालय समयसम्म मात्र बैंकको सेयरमा खरिदका लागि आवेदन दिन सकिनेछ । बैंकले प्रतिकित्ता न्यूनतम १२६ रुपैयाँ सेयर मूल्य तोकेको छ ।

तसर्थ, लगानीकर्ताले १२६ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा इच्छुक जाेकाेही लगानीकर्ताहरूले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसमा बैंककै संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले बोलपत्रमा आवेदन पेस गर्न सक्नेछन् । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १२:४०