२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

उपप्रधानमन्त्री विष्णु पाैडेल भेट्न सम्धीको निवासमा पुगे माधवकुमार नेपाल

१२ पुस, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णु पौडेलसँग भेटवार्ताका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सम्धी सोमप्रसाद पाण्डेको घरमा पुगेका छन । पाण्डे नेपालका सम्धी हुन भने पौडेलका निकट पूर्व सहकर्मी हुन ।

माधव नेपालले माओवादी र कांग्रेसले अलपत्र पारेको गुनासो गरिरहेको समयमा एमालेले उद्धारको प्रयत्न गरेको हो । पौडेलले सरकारमा सहभागिताका लागि नेपाललाई वातावरण बनाउने बताएका छन ।

अर्थमन्त्री समेत रहेका पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सन्देश लिएर नेपालसँग कुराकानी गरेका हुन । यसअघि प्रचण्डको सपथग्रहण समारोहमा ओली र नेपालको बीचमा संवादहिनता तोडिएको थियो । यसअघि प्रचण्डले पनि नेपाललाई सरकारमा सहभागी हुन अनुरोध गरेका थिए ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार २२:१०