२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

उपप्रधानमन्त्रीद्धय विष्णु पाैडेल र रवि लामिछाने ओली निवास बालकोटमा

१२ पुस, काठमाडौँ । उपप्रधानमन्त्रीद्धय विष्णु पौडेल र रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेका छन । उपप्रधान तथा अर्थमन्त्री पौडेल र उपप्रधान तथा गृहमन्त्री लामिछाने मंगलबार राति बालकोट पुगेका हुन ।

ओलीले लामिछानेलाइ गृहमन्त्रीमा नियुक्त भएकोमा बधाइ दिए । उनीहरूको बीचमा नयाँ सरकारको पहिलो दिनका विषयमा सामान्य कुराकानी भए पनि अन्य के विषयमा कुराकानी भयो भन्ने केही पनि खुलेको छैन ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार २१:५१