२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, समसामयिक राजनीतिका विषयमा छलफल हुने

१२ पुस, काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आउँदो शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को समीक्षा, समसामयिक राजनीतिकसहितका विषयमा छलफल हुनेछ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १६:०३