१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

१२ पुस, रूपन्देही । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न गृहमन्त्रालयसमक्ष सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईले बताए ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको थियो । केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रूपैयाँ नगदसमेत बरामद गरिएको थियाे । इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा थिए ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १३:३१