२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

बागमतीमा एमाले संसदीय दलको नेता जगन्नाथ थपलिया ! मुख्यमन्त्री बन्ने सम्भावना

१२ पुस, काठमाडाैँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बागमती प्रदेशको संसदीय दलको नेतामा केन्द्रीय सदस्य जगन्नाथ थपलिया सर्वसम्मत हुने भएका छन । यद्यपी एमालेले संसदीय दलको नेता छान्ने प्रयोजनका लागि पुस १४ गते संसदीय दलको बैठक बोलाएको छ ।

पुस १४ गते एमालेको संसदीय दलको बैठक प्रदेश राजधानी हेटौँडामा बोलाएको छ । बैठकले सहमतिमै दलको नेता टुंग्याउने तयारी गरेको छ । थपलिया प्रदेशसभामा निर्वाचित भएका नेताहरू मध्ये सिनियरभित्र पर्छन ।

सहमति नभए एमालेले लोकतान्त्रिक बिधिबाट दलको नेता चयन गर्नेछन । अहिलेसम्म थपलियालाइ चुनौति दिने कुनै नेता देखिएका छैनन् । थपलिया बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार समेत हुन ।

मुख्यमन्त्रीमा आकांक्षा राखेका पोलिटब्यूरो सदस्य देवी ज्ञवाली, प्रदेश अध्यक्ष केशवराज पाण्डे लगायतका नेता प्रदेशसभाको निर्वाचनमै पराजित भएपछि थपलिया एक्लो प्रतिस्पर्धी भएका छन ।

थपलिया एमालेका तर्फबाट बागमती प्रदेशको मुख्यमन्त्री बन्ने सभावना रहेको छ । एमालेले पहिलो चरणमै बागमतीको नेतृत्वको अवसर पाए पहिलो चरणमा र दोस्रो चरणमा भए अर्को चुनाव गराउने गरी थपलिया मुख्यमन्त्री बन्नेछन ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १३:१७