२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

उद्योग वाणिज्य महासंघको टोलीसँग प्रधानमन्त्रीले भनेः अर्थतन्त्रको पुनरुत्थान पहिलो प्राथमिकता

१२ पुस, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान अाफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघको टोलीले दिएको बधाइ ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भैसकेको बताए ।

अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने बताउँदै प्रधानमन्त्रीले सबै काम विस्तारै हुने बताए । महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका बारेमा जानकार रहेको र महासंघले पनि प्रधानमन्त्री समक्ष यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको बताए ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १०:५६