२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

एमालेसहितको सरकार बन्दा जनतामा आशा र भरोसा बढ्योः प्रधानमन्त्री प्रचण्ड

११ पुस, काठमाडौँ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसहितको दलहरूको सहभागितामा सरकार बनेका कारण जनतामा आशा र भरोसा बढेको बताएका छन । सोमबार मन्त्रिपरिषद्को पहिलो बैठकपछि बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

उनले टिमका अघि थुप्रै जटिलता भए पनि चुनौतिहरू भए पनि निर्वाचनको परिणमअनुसार मन्त्रिपरिषद बनेकाले जनतामा आमरुपमा आशा र भरोसा बढेको देखिएको बताए ।

उनले केही गरौं भन्नेहरुकै टिम बनेका कारण आफूले काम गर्न सहज हुने महशुष गरेको पनि बताए । उनले नेपालको अर्थतन्त्रको स्थितिलाई सुधार्ने, सुशासनतर्फ गम्भीर भएर अघि बढ्ने कुरा, सार्वजनिक सेवा प्रवाहमा जनताले सास्ती पाउने कुरामा ध्यान दिएर समाधान निकाल्न सरकारले पहिलो बैठकबाटै पाइला अघि बढाएको बताए ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार २३:४१