२ असार २०८१, आईतवार | Sun Jun 16 2024

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी प्रधानमन्त्री शरिफको बधाई


११ पुस, काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन गर्दै “क्षेत्रीय साझेदारका रुपमा पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध रहेको छ । हाम्रो दुईपक्षीय सम्बन्ध तथा क्षेत्रीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न प्रतीक्षा गरिरहेको छु”, भनेका छन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १४:००