३ असार २०८३, बुधबार | Wed Jun 17 2026

सात दलको समर्थन लिएर प्रधानमन्त्री पदमा दावी गर्न शीतल निवास जाँदै प्रचण्ड

१० पुस, काठमाडौं। माओवादी केन्द्र संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा आफूलाई रहेको सात दलको समर्थन लिएर राष्ट्रपति कार्यालय जाँदै छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच सहमति भएको छ ।

सहमतिपत्रमा हस्ताक्षर भइसकेपछि प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पदमा दावी गर्न राष्ट्रपति भवन शीतल निवास जाने तयारीमा छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ३ पुसमा एक साताको समय दिएर संविधानको धारा ७६ (२)अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न आह्वान गरेकी थिइन् । उक्त समय सकिन एक घण्टा बाँकी छ ।

प्रकाशित मिति : December 25, 2022 at 4:08 pm