काम र अध्ययनका कारण म ५ मिनेट मात्रै सुतेको रेकर्ड पनि छः केपी शर्मा ओली
८ पुस, कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ४ घण्टाभन्दा बढी नसुत्ने गरेको बताएका छन । उनले जति समय भन्यो त्यति नै समयका लागि सुत्ने बानी परेको पनि बताए । अध्यक्ष ओलीले रातकै समयमा पढ्ने गरेको पनि उल्लेख गरे ।
बिहान भने आफूसँग समय नै नहुने उनको भनाइ छ । अध्यक्ष ओली पोखरामा आयोजित नेपाल साहित्य सम्मेलनमा गैरराजनीतिक विषयमा शुक्रबार दिउँसो पत्रकार अखण्ड भण्डारीसँग गफ गर्दै यस्तो बताएका हुन ।
‘अरु भेट्न आए त ठीकै छ, नेता नै आएपछि भेट्नै पर्यो। त्यसैले समय हुँदैन। म ५ मिनेट सुत्छु, ७ मिनेट सुत्छु, मलाई आर्लाम चाहिँदैन। कहिलेकाहिँ ४ घण्टाभन्दा बढी पनि सुत्छु तर त्यो सुतेर उठेको सुताइ हुन्छु, उनले भने, ‘तपाईंहरुले मेरो बानी नसिक्नुहोला, राति अबेरसम्म नबस्नुस्, बरु बिहान सबेरै उठेर पढ्नुहोस्।’
उनले लेख्नु भनेको ज्ञानलाई संगठित गर्नु भएको पनि बताए । ज्ञानलाई संगठित बनाउन लेख्नैपर्ने पनि उनको भनाइ छ । पढ्नु भनेको ज्ञान प्राप्त गर्नु भएको उनको तर्क छ ।
प्रकाशित मिति : December 23, 2022 at 11:48 pm









