१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

१९ किलो सुनसहित काठमाडाैँबाट समातिए सुडानी नागरिक

८ पुस, काठमाडाैँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट सुनको पेटी (बेल्ट)सहित सुडानी युवक पक्राउ परेका छन्।

दुवईको फ्लाइटबाट आएका सुडानी युवकलाई आज दिउँसो २ बजेर १५ मिनेट विमानस्थालमा भन्सारको टोलीले १९ केजी सुनको बेल्टसहित पक्राउ गरेको हो ।

पक्राउ परेका २७ वर्षीय सुडानी युवकले १९ केजी सुनको पेटी बनाइ लगाएर आएका थिए। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिन सुनसहित पक्राउ परेका हुन् ।

प्रकाशित मिति : December 23, 2022 at 11:41 pm