२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

देउवाले प्रचण्डलाई औँला उठाउँदा ओलीले सुन्तला खुवाए (फोटोफिचर)


७ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा नेकपा विभाजनमा खासै मिठो संवादहरू हुन पाएका छैनन् ।

आक्कलझुक्कल भेट हुँदा पनि हाँसेका तस्बिरहरू सार्वजनिक भएनन भने टेलिफोनमा भएको कुराकानीका विषय पनि बढाइचढाइ गरेर बाहिर आए तर बिहीबार संसद भवनमा ओली र प्रचण्डका हँसमुख तस्बिरहरू कैद भए र सोही तस्बिरहरू अहिले सामाजिक सञ्जालमा व्याप्त पनि बनेको छ ।

तस्बिरमा ओली र प्रचण्ड दुबै खुशी देखिएका छन । बिहीबार सार्वजनिक भएका तस्बिरले कुनै पनि विन्दुमा दुइ नेताको बीचमा सहकार्य हुने संकेत गरेको विश्लेषण गरिन थालेको छ । राष्ट्रपति कार्यालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ लिँदा बुधबार ओली र प्रचण्डको संवादहिनता तोडिएको थियो।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले शपथ लिएपछि संसद भवनमा भएको जलपान समारोहमा ओली र प्रचण्डसँगै बसे । उनीहरू कुरा पनि गरेँ । जलपानमा प्राप्त सुन्तला ओलीले प्रचण्डलाई दिए । उनीहरूले केहीबेर कुराकानी पनि गरे ।

ओलीले त्यस जलपान समारोहमा सबैभन्दा बढी समय प्रचण्डलाई नै दिए । तर सोही समारोहमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डका बीचमा छोटो संवाद भयो । तर सोही क्रममा देउवाले औँला ठ्डाउँदै प्रचण्डसँग कुरा गर्दा प्रचण्डको भने अनुहारको भावभंगी बिग्रिएको तस्बिर सार्वजनिक भएको छ । तस्बिरहरू तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार १८:०६