३ असार २०८३, बुधबार | Wed Jun 17 2026

कहिले छानिन्छ माओवादी केन्द्रमा संसदीय दलको नेता ?

६ पुस, काठमाडौं। अधिकांश दलहरूले संसदीय दलको नेता चयन गरिसक्दा नेकपा माओवादी केन्द्रमा भने प्रक्रिया नै सुरु भएको छैन ।राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताको म्याद तोकेर सरकार गठनको आह्वान गरिसक्दा पनि दलहरूले सरकार बनाउन हतार गरेको देखिँदैन । उल्टै सांसदहरूको शपथ अघि सरकार गठनको आह्वान गरिनु संविधानविपरीत तर्क गरिरहेका छन् ।

प्रतिनिधिसभामा रहेको तेस्रो दल नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने बताएको छ । प्रत्यक्षबाट १८ र समानुपातिकमा १४ गरी कूल ३२ सांसद रहेको माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता बन्नेमा लगभग निश्चितजस्तै देखिएको छ । माओवादीमा अध्यक्ष प्रचण्डविरुद्ध दलको नेतामा अन्य कुनै नेताको दाबी परेको समेत देखिँदैन ।

प्रकाशित मिति : December 21, 2022 at 12:24 pm