३ असार २०८३, बुधबार | Wed Jun 17 2026

नेकपा एस संसदीय दलको नेतामा माधव नेपाल चयन

४ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।  सोमबार बसेको एकीकृत समाजवादीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए। त्यस्तै  संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् भने दलको सचेतकमा उप-महासचिव प्रकाश ज्वाला चयन भएका छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एकीकृत समाजवादीले १० सिट जितेको छ । तर तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा एकीकृत समाजवादीले समानुपातिकबाट सिट जित्न सकेन ।

प्रकाशित मिति : December 19, 2022 at 2:33 pm