१० असार २०८३, बुधबार | Wed Jun 24 2026

१६ वर्षपछि कलेज फर्किएकी नेकपा धादिङकी नेतृलार्इ छोरीले भनिन्, ‘प्रसिद्ध राजनीतिज्ञ बन्नुस्’

५ असोज, काठमाडाैँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ एवम् प्रदेश नम्बर तीन अन्तर्गतको धादिङ जिल्ला थाक्रे गाउँपालिकाको उपप्रमुख अम्बिका रूपाखेती शुक्रबारदेखि नेपाल ल क्याम्पसमा भर्ना भएपछि उनकी छोरी रविना पाैडेलले एउटा प्रेरक टिप्पणी सार्वजनिक गरेकी छिन । सामाजिक सञ्जाल फेसबुकमा अामाको संघर्ष, त्याग र योगदानको हिसाबसहित उनले  कानुन पढ्ने धेरै नेताहरुले नै विश्वभर विजय प्राप्त भन्दै अाफूले पनि अामालाई विश्व प्रसिद्ध राजनीतिज्ञको रूपमा देखिरहेको बताएकी छिन । एसएससी दिएको १६ वर्षपछि कलेज फर्किएकोमा उनले गर्व गरेकी छिन । अम्बिकाले गाउँपालिकाको न्यायसमितिको समेत अध्यक्षता गर्नुपर्ने भएपछि अाफूले कानुन विषय अध्ययन गर्ने निर्णय लिएकी थिइन । छोरी रविना पनि ल क्याम्पसमै अध्ययरत रहेकी छिन ।

रविनाले फेसबुकमा लेखेको टिप्पणी जस्ताको त्यस्तैे यहाँ प्रस्तुत गरेका छाैँ ।

आजबाट हजुर पनि नेपाल ल क्याम्पसमा कानुनको विद्यार्थी हुनुभएको छ ममी । धेरै धेरै बधाई छ । 16 बर्ष को उमेरमा SLC पास गरेर विवाह बन्धनमा बाधिनु भयो । मलाई 17 र भाइलाई 18 बर्षको उमेरमा जन्माउनु भयो । म 5 वर्षको हुदा देखि रिम्स नेपालमा जागिर खानुभयो । म 10 वर्षको हुदा सहयात्री समाज नेपाल नामक NGO खोल्नु भयो । हुर्काउनु भयो । बढाउन भयो । SLC दिएको 16 बर्ष पछि फेरि आफ्नो पढाइ अघि बढाउनु भयो । आज समाजशास्त्र मा Master’s degree गर्नुभएको छ । थाक्रे गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ । तर पनि अझै शिक्षा र छ्यामताको बृद्धि गर्नको लागि LLB, कानुन पढ्न सुरु गर्नुभएको छ ।

12 बर्ष अघिदेखि हिङ्सा प्रभावित महिलाहरु अधिकार प्राप्तिका निम्ति गास बास कपास लगाएत हरेक सहयोग गर्नु भयो । 5 बर्ष देखि आफ्नै घरमा हिङ्सा प्रभावित महिलालाई केही महिनासम्म बस्न मिल्ने गरी safe house को व्यवस्था मिलाउनु भयो । अहिले थाक्रे गाउँपालिकाले नै सोही safe House संचालको निम्ति बार्षिक करिव 10 लाख बजेट छुट्याएको छ। धादिङ जिल्लाको थाक्रे गाउँपालिका मार्फत सञ्चालित safe house मा धादिङ जिल्लाको मात्र नभई अन्य छिमेकी जिल्ला जस्तै नुवाकोट आदिबाट पनि हिङ्सा प्रभावित महिला हरूले सेवा पाइरहनुभएको छ ।

यसबाट राम शाहको पालामा ” न्याय न पाए गोर्खा जानु ” भन्ने भनाइ जस्तै हाल केही महानुभावहरूले “न्याय नपाए थाक्रे जानु ” भन्ने गरेको सुनिन्छ । यसरी सधैभरि समाज र राष्ट्र नै आफ्नो सन्तान र सबै प्रति आफ्नो दायित्व सम्झने देवी जस्ती माता , हजुरको पक्कै अलौकिक जन्म भएको हुनुपर्छ । हजुरको जीवनमा देवी सीताको जस्तो सङ्घर्षका पलहरू धेरै आए तर राम र लक्ष्मण जस्ता सारथि कहिले पाउनु भएन । त्यसैले मा हजुरको जीवन झनै कठिन छ । तर ढिलै भए पनि हजुरको जित सधै भइरहेको छ । हजुर जस्तो एक शक्तिको पुत्रीभइ भक्ति गर्न पाउनु म स्वयम्को सौभाग्यको कुरा हो ।

हजुर त सारा जनताको लागि एक आदर्श हुनुहुन्छ । हजुरको यो चरित्र अझै आदर्शवान वनोस् । कानुन पढ्ने धेरै नेताहरुले नै विश्वभर विजय प्राप्त गरेका छन् । मैले हजुरलाई विश्व प्रसिद्ध राजनीतिज्ञको रूपमा देख्दैछु । र यो संभवपनि छ । किन भने जसले धेरै दुःख सङ्घर्ष गर्छ, उसैले सफलता हात पार्ने हो । हजुरलाई यो छोरीको सधा नमन र साथ छ । अब त कानुनको विद्यार्थी हुनु भएको छ यसैले यस्ता लाखौं युद्धहरू पाहर गर्न सक्नेछ बन्दैहुनुहुन्छ जस्का निम्ति हजुरलाई हार्दिक बधाई तथा शुभकामना ।

प्रकाशित मिति : September 21, 2018 at 7:13 pm