२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

माउण्टेन गाइड तालिममा महीलाहरूको आर्कषण


२९ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहकार्यमा सञ्चालित संयुक्त परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) संगको सहकार्यमा काठमाडौंमा महीलाहरुका लागि ३५ दिने निशल्क माउण्टेन गाईड तालिम शुरु भएको छ ।

तालिममा सातै प्रदेशका २५ जिल्लाबाट १२० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । तालिमको शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले पर्वतारोहण क्षेत्रमा महीला सहभागिता अभिवृद्धि गर्ने उद्धेश्यले एएमएसंगको सहकार्यमा यो तालिम शुरु गरिएको र यसले पर्वतारोहण क्षेत्रमा नयाँ जनशक्ति तयार हुने बताए ।

उनले परियोजना अन्र्तगत विभिन्न क्षेत्रमा जनशक्ति उत्पादन हुँदै आएको जानकारी दिँदै तालिमलाई व्यवहारिक बनाउन शैद्धान्तिक तथा व्यहारिक कक्षाहरु सञ्चालन गरिने बताए ।

यस्तै नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) का कार्यकारी निर्देशक रुद्रप्रसाद चापागाईले यो तालिमले पर्यटनमा महीला सहभागिता बढाउनुको साथै रोजगारीमा समेत योगदान पुग्ने अपेक्षा गरिएको बताए ।

सिमित संख्यामा मात्र तालिम दिने गरी देशैभरीबाट आव्हन गरिएपनि तालिमममा सहभागि हुने चाहनेहरुको संख्या धेरै भएपछि अन्तवार्ताको माध्यमबाट सहभागि छनोट गरिएको जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जन विज्ञ धर्म दवाडीले जानकारी दिए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १२:३४