३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को अध्यक्षमा मोदनाथ ढकाल निर्वाचित (विजयीको सूचीसहित)


२८ मंसिर, काठमाडाैँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को अध्यक्षमा पुनः मोदनाथ ढकाल निर्वाचित भएका छन । बुधबार भएको निर्वाचनमा प्रतिस्पर्धी भुवन आचार्यलाई ८२ मतको भारी अन्तरमा पराजित गर्दै ढकाल अध्यक्षमा पुनः निर्वाचित भएका हुन ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार सार्वजनिक अन्तिम मतपरिणाममा ढकालले १०५ मत प्राप्त गर्दा आचार्यले २३ मतमात्र प्राप्त गरेका छन । यस्तै उपाध्यक्षमा मेनुका कार्की र परमेश्वर अधिकारी विजयी भएका छन ।

इन्द्र बानियालाई करिब दोब्बर मतले पराजित गर्दै उपाध्यक्षमा कार्कीले ९२ मत ल्याएका छन भने अधिकारीले ८२ मत प्राप्त गरेका छन । बानियाले ४९ मतमात्र प्राप्त गरेका छन ।

महासचिवमा नविन ढुंगाना निर्विरोध निर्वाचित भएका छन । सचिवमा दीपक भट्ट पनि सर्वसम्मत भएका छन । त्यस्तै कोषाध्यक्षमा दिलु कार्कीले पनि निर्विरोध निर्वाचित भएका छन । चार जना सदस्यमा राजाराम न्यौपाने, सविना कार्की, निकेश खत्री र विजय पराजुली विजयी भएका छन ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार २३:५५

https://srdb.com.np/