२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

७ प्रतिशत लाभांश पारित गर्न पाँचथर पावरले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

२५ मंसिर, काठमाडाैं । पाँचथर पावर कम्पनी लिमिटेडले सातौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले पुस १८ गते होटल इम्पेरियल काठमाडौँ, बत्तीसपुतलीमा साधारणसभा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँको ७ प्रतिशतका दरले ६ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ७ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागिता हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : December 11, 2022 at 10:36 am