४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

ब्राजिललाई ४-२ ले पराजित गर्दै क्रोएसिया सेमीफाइनलमा


२४ मंसिर, काठमाडाैँ । पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमीफाइनलमा प्रवेश गरेको छ। नेपाली समय अनुसार शुक्रबार राति कतारको राजधानी दोहास्थित एजुकेसन सिटी रंगशालामा भएको खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै क्रोएसिया अन्तिम चारमा पुगेको हो।

पेनाल्टी सुटआउटमा ब्राजिलका रोद्रिगोको प्रहार क्रोएसियाका गोलकिपर लिभाकोभिकले विफल पारेका थिए भने मार्किन्होसको प्रहार पोलमा लागेको थियो। ब्राजिलका लागि कासिमेरो र पेड्रोले मात्र गोल गरेका थिए। क्रोएसियाका भने सबै खेलाडी पेनाल्टीमा सफल भए।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार ०३:१०