१० असार २०८३, बुधबार | Wed Jun 24 2026

यातायात व्यवसायीकाे अान्दाेलनः दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय

४ असोज, काटमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि नगर्ने घोषणा गरेको छ पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघले साे निर्णय गरेकाे हाे । यातायात व्यवसायीले सरकारसँग गरेकाे सहमति लत्याउँदै दशैंका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका हुन् । यसअघि सरकार र यातायात व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको थियो। उक्त सहमति भदौ ३१ गते भएको थियाे।

सरकारसँग अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएलगतै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले टिकट बुकिङ खुल्ला नगर्ने निर्णय गरेको हो।आयल निगमले गत २ गते प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ र डिजल/मट्टीतेलमा ३ रुपैयाँ मुल्यवृद्धि गरेको थियो। नेपाल आयल निगमले गरेको मूल्यवृद्धि फिर्ता नगरे अग्रिम बुकिङ टिकट खुल्ला नगर्ने भन्दै व्यवसायीले मंगलबार २४ घन्टे अल्टिमेटम दिएका थिए।

प्रकाशित मिति : September 20, 2018 at 7:32 pm