२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

रवि लामिछानेलाई सभापतिबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

१९ मंसिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको साधारण सदस्यता खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

युवराज पौडेलले वैध नेपाली नागरिकता नभएका व्यक्तिले राजनैतिक दल खोल्न, सो दलको साधारण सदस्य हुन् र अध्यक्ष वा सभापति हुन नमिल्ने दाबी सहित सोमबार निर्वाचन आयोगमा उजुरी दिएका हुन्।

उजुरीमा वैध नागरिकता नै नभएका लामिछानेको सभापतित्वमा दल दर्ता गरेर निर्वाचन आयोगले त्रुटि गरेको दाबी गर्दै लामिछानेलाई सभापतिसँगै दलको साधारण सदस्यता समेत खारेज गर्न माग गरिएको छ।

निवेदनमा गरिएको दाबी अनुसार लामिछानेसँग वैध नागरिकता नभए उनी पार्टीको साधारण सदस्य समेत रहन सक्दैनन्। उनले अमेरिकी नागरिकता लिँदा निष्क्रिय भएको नेपाली नागरिकता सक्रिय बनाउन कानुनी प्रक्रियामै नगएको यसअघि नै स्विकारिसकेका छन्।

यस अगाडि पौडेलले गृह मन्त्रालयमा दिएको नागरिकता सम्बन्धी उजुरीका आधारमा जिल्ला प्रहरी परिसरले लामिछानेकाे नागरिकता छानबिन गरिरहेको छ। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह र परराष्ट्र मन्त्रालयमा पत्र पठाएर छानबिन गर्न निर्देशन दिएको थियो।

प्रकाशित मिति : 15:01