९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

राजमार्गमा १२ वटा गुणस्तरीय शाैचालय बनाउने रवि लामिछानेको घोषणा, नागरिकताबारे किन बोल्दैनन् ?

१८ मंसिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजमार्ग क्षेत्रमा १२ वटा गुणस्तरीय शौचालय निर्माण गर्ने घोषणा गरेका छन । उनले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत शौचालयको निर्माणको काम द्रुत गतिमा अघि बढेको जानकारी दिएका छन ।

लामिछानेले भनेका छन, ‘हाम्रो राजमार्गमा ढंगका शौचालय छैनन्। दिशा पिसाब गर्न छिर्दा वान्ता समेत आउँछ। विशेष गरि महिला दिदिबहिनीहरुलाई अत्यन्त गार्‍हो हुने गरेको छ। यसलाई मध्यनजर गर्दै हाल लाई १२ वटा गुणस्तरीय रेस्ट एरिया बनाउने सन्दर्भमा राज्य लाई अत्यन्तै कम भार पर्ने गरि द्रुत गतीमा काम अगाडि बढेको छ ।महिलाहरुले वर्षौ भोगेको असहजताको अन्त्य गर्न हामी प्रतिवद्द छौ। प्रचार होइन अपडेट गरेको।’

नागरिकता र राहदानीको विवादमा भने लामिछाने मौन बस्दै आएका छन । आफ्नो कमजोरी देखिएपछि उनले त्यसतर्फ कुनै प्रतिक्रिया जनाएका छैनन् ।

प्रकाशित मिति : December 4, 2022 at 9:24 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/