२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

दोलखामा बुथ कब्जा गर्ने गलत प्रवृत्तिको अन्त्य गर्न सफल भयौः बालकृष्ण शिवाकोटी

१५ मंसिर, दोलखा । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले दोलखामा बुथ कब्जा गर्ने गलत प्रवृत्तिको अन्त्य गर्न सफल भएकोमा खुसी ब्यक्त रेका छन् ।

आज वैतेश्वर र तामाकोशीका विभिन्न मतदान केन्द्रको अवलोकन गर्दै उम्मेदवार शिवाकोटीले पुनः निर्वाचनमार्फत बुथ कब्जा गर्ने गलत प्रवृत्तिको अन्त्य भएको बताए ।

हामीले दोलखाका आठ दस ठाउँमा बुथ कब्जा भएको उजुरी दिएका थियौ, तर त्यसमध्ये चार ठाउँमा पुन निर्वाचन हुँदा आंशिक भए पनि बुथ कब्जा गर्ने गलत प्रवृत्तिलाई अन्त्य गर्न सफल भएका छौ, यो दोलखाली जनताको लागि खुसीको कुरा हो, उम्मेदवार शिवाकोटीले भने ।

मतदान केन्द्रको अवलोकनको क्रममा उम्मेदवार शिवाकोटीलाई पुनः मतदानको वातावरण बनाएकोमा मतदाताले धन्यवाद समेत दिएका थिए । सो अवसरमा उम्मेदवार शिवाकोटी यो आफ्नो ब्यक्तीगत भन्दा जनताको जीत भएको बताए ।

हर्षोल्लासका साथ दोलखामा पुनः मतदान हुनु खुसीको कुरा भएको बताउँदै शिवाकोटीले जनताले सहज ढंगले मतदान गर्न नपाएकै कारण आफूले सघर्ष गरेको स्पष्ट पारे ।

मंसिर ४ गतेको निर्वाचनमा यहाँ कसैलाई मत हाल्ने अवस्था थिएन । तर अहिले सबैले निर्धक्कका साथ मतदान गरिरहनृु भएको छ, यो खालको वातावरण हुन सबैको लागि खुसीको कुरा हो, उनले भने ।

लोकतन्त्रको सुन्दर पक्ष नै स्वच्छ र निस्पक्ष निर्वाचन भएको बताउँदै उम्मेदवार शिवाकोटीले जनताले आफ्नो निर्णय आफै गर्न पाउनुपर्ने बताए ।

लोकतन्त्रको जीत हार स्वभावीक प्रक्रिया भएको तर जनताको मत लुटेर जसरी पनि निर्वाचन जित्न खोज्नु अलोकतान्त्रिक कार्य भएको बताए ।

प्रकाशित मिति : December 1, 2022 at 12:02 pm