१७ भदौ २०८३, बुधबार | Thu Sep 3 2026

‘गोल्डेन ओकको कमेडी यात्रा’ हाँसोको लहर बोकेर आउँदैछ विभिन्न शहरहरमा

१४ मंसिर, काठमाडाैँ । नेपालकै सुप्रसिद्ध तथा लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने क्रममा गोल्डेन ओकको यो कमेडी यात्रा श्रावण महिनमा बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सफलता पूर्वक सम्पन्न भएको थियो ।

उक्त कमेडी यात्रामा पाएको मायाले गर्दा यो कमेडी यात्रालाई हामी गाइघाटमा यही मंसिर १५ गते, मलंगवामा मंसिर १६ गते, वीरगञ्जमा मंसिर १७ गते, चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते पूरै उत्साहका साथ आयोजित गर्दैछौँ ।

गोल्डेन ओकद्वारा आयोजित मंसिर १५ गतेदेखि हुन लागेको यस कमेडी यात्रामा पनि जितु नेपाल, सुरेन्द्र के.सी., मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजालले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको बिर्सिनै नसक्ने प्रस्तुति प्रस्तुत हेर्न पाइनेछ । हाल हुन लागेको यस कमेडी यात्रालाई पनि दर्शकहरुले पहिले जस्तै माया गरेर सफल बनाउने छन् भन्ने हामीलाई पूर्ण विश्वास छ ।

प्रकाशित मिति : November 30, 2022 at 6:20 pm