२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

१२ पटक मन्त्री भएका विजय गच्छदारलाई भारी मतले पराजित गर्दै एमालेकी भगवती चाैधरी विजयी

१३ मंसिर, काठमाडाैँ । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी नेतृ भगवती चाैधरी भारी मतान्तरमा विजयी भएकी छिन । १२ पटक मन्त्री र चार पटक उपप्रधानमन्त्री भएका नेपाली कांग्रेसका नेता विजय गच्छदारलाई पराजित गर्दै चाैधरी विजयी भएकी हुन ।

सुनसरीका पत्रकार लीलाराज भट्टराईका अनुसार ४०११ मतगणना बाँकी छँदै एमाले नेतृ चाैधरीले ५३१९को अग्रता कायम गरेकी छिन । अब गन्न बाँकी सबै मत नेपाली कांग्रेसका विजय गच्छदारले पाए भने पनि अब उनको विजय सम्भव छैन । अहिलेसम्मको मतगणनामा एमाले नेतृ चाैधरीले ३७४२० मत प्राप्त गरेकी छिन भने कांग्रेस नेता गच्छदारले ३२१०१ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : 11:52