२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सुनसरी ४ मा तत्काल मतगणना सुरू नगरे सडक संघर्ष गर्ने एमालेको चेतावनी

१२ मंसिर, काठमाडाैँ । सुनसरी क्षेत्र नम्बर–४ मा स्थगित मतगणना तत्काल शुरु नगरिए सडक संघर्ष गर्ने नेकपा एमालेले चेतावनी दिएको छ। आज पत्रकार सम्मेलन गर्दै सुनसरी–४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका एमालेका जगदीशप्रसाद कुसियैतले रोकिएको मतगणना तत्काल शुरु गर्न माग गर्नुभएको छ । समय लम्बिँदै जाँदा कार्यकर्ता अशान्त बन्दै गएको भन्दै तत्काल कुनै निर्णय नभए सडक संघर्ष शुरु गर्ने उहाँले चेतावनी दिनुभयो ।

कुसियतले भन्नुभयो, ‘आज कुनै निर्णय भएन, मतगणना शुरु भएन भने हामी सडकमा जाने छौँ । हामी सडक संघर्ष पनि गर्नेछौं । वार्ता पनि गर्छौ ।’ कुनै अप्रिय परिस्थिति उत्पन्न भए त्यसको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले लिनुपर्ने उहाँले बताउनु भयो ।

प्रकाशित मिति : November 28, 2022 at 6:16 pm