२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

माओवादी ललितपुर संयोजक कट्टेल र सचिव पुलामीले दिए राजीनामा

१२ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्र ललितपुर संयोजक संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले राजीनामा दिएका छन् ।

हालै सम्पन्न आमनिर्वाचनमा माओवादी केन्द्रकी उपमहासचिवसमेत रहेकी ऊर्जामन्त्री पम्फा भुसाल पराजित भएपछि यसको जिम्मेवारी लिँदै नैतिकताको आधारमा उनीहरुले पदबाट राजीनामा दिएका हुन् ।

‘ललितपुर जिल्लामा पार्टीको उपमहासचिव र पोलिटब्युरो सदस्य प्रदेशमा उठनु भएको थियो । तर, काठमाडौं उपत्यकाभित्र माओवादीको पनि राम्रै प्रभाव भएको पनि जिताउन सकिएन,’ कट्टेलले भने, ‘गठबन्धनवाट पनि राम्रो मत नआएपछि नैतिकताको आधारमा राजिनामा दिएका हौं, ।’ उनका अनुसार प्रदेश संयोजक सरल सहयात्रीलाई राजीनामा बुझाएर पार्टी पुनर्गठनका लागि नयाँ ढंगले जानका लागि आफूहरुले भूमिका खेलिनेछ ।

ललितपुर क्षेत्र नम्बर ३ बाट भुसाल पराजित भएकी थिइन् । सोही क्षेत्रको प्रदेशसभा १ बाट माओवादी केन्द्रकै राजकाजी महर्जन र ललितपुर क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा माओवादी केन्द्रका हरि दाहाल पराजित भए ।

प्रकाशित मिति : November 28, 2022 at 12:00 pm