४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

विश्वकपमा नयाँ कीर्तिमान बनाए पनि क्यानडा क्रोयसियासँग ४-१ले पराजित


११ मंसिर, काठमाडौँ । क्यानडाले विश्वकप फुटबलमा नयाँ कीर्तिमान बनाएको छ । नेपाली समय अुनसार आइतबार राति भएको खेलमा क्यानडाले खेल सुरु भएको ६७ सेकेन्डमा गोल गर्दै नयाँ कीर्तिमान बनाएको हो । क्यानडाका लागि अलफन्सो डेभिसले गोल गरेका थिए ।

यद्यपी खेलमा क्रोयसियाले ४-१ को सानदार जित निकाल्यो । खेलको ३६ औं मिनेटमा एन्द्रेस क्रमारिकले क्रोयसियाका लागि पहिलो गोल गरे । क्रोयसियाले ४४ औं मिनेटमा अर्को गोल थप्दै जित तर्फ लम्कियो। मार्को लिभाजाले पहिलो हाफ अघिनै टोलीलाई लयमा फर्काएका थिए ।

७० औं मिनेटमा क्रमारिकले अर्को गोल थपे भने लोब्रो माजिरले अतिरिक्त समयमा अर्को गोल थप्दा क्रोयसियाले ४-१ को जित दर्ता गर्यो । यो जितसँगै क्रोयसियाको अघिल्लो चरणको सम्भावना बढेको छ । तर क्यानडाको विश्वकप सपना समूह चरणमै टुंगिने भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार ००:०६