२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

समानुपातिक मतगणना जारीः प्रतिनिधिसभामा एमाले अग्रस्थानमा

८ मंसिर, काठमाडाैं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले पाँच लाख ५५ हजार आठ सय ३२ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पाँच लाख २९ हजार नौ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या दुई लाख ८६ हजार दुई सय १६ रहेको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)को दुई लाख ५७ हजार ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीको एक लाख ५४ हजार दुई सय ३१, जनता समाजवादी पार्टी नेपालको ६६ हजार छ सय ८८, नेपाल मजदुर किसान पार्टीको ५१ हजार दुई सय ३६, जनमत पार्टीको ४५ हजार छ सय ४१, नागरिक उन्मुक्ति पार्टीको ३८ हजार सात सय २४, नेकपा (एकीकृत समाजवादी)को ३६ हजार चार सय सात, लोकतान्त्रिक समाजवादी नेपालको ३१ हजार आठ सय ८६, हाम्रो नेपाली पार्टीको २१ हजार सात सय ३० मत रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : November 24, 2022 at 2:54 pm