१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

काठमाडौँ–७ (१)मा नेकपा (एकीकृत समाजवादी)का बसन्त मानन्धर विजयी

७ मंसिर, काठमाडाैँ । काठमाडौँ–७ (१)मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार वसन्त मानन्धर विजयी हुनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१)को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार एक सय ५३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

यस्तै नेकपा (एमाले)का उम्मेदवार जीवन मानन्धरले तीन हजार दुई सय पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोजिना गुरुङले दुई हजार नौ सय ६० मत प्राप्त गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाभित्रको म्हैपी, बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, न्हयौखा, मछिन्द्रटोलमा पर्ने उक्त प्रदेशमा महानगरका १६, १७, १८ र २५ वडा पर्दछन् । उक्त क्षेत्रमा १६ हजार एक सय दुई मतगणना गरिएको थियो ।

प्रकाशित मिति : November 23, 2022 at 9:42 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/