सुर्खेत-२ मा कांग्रेसका हृदयराम थानी विजयी
७ मंसिर, सुर्खेत । नेपाली कांग्रेसका नेता हृदयराम थानी सुर्खेत-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । थानी ३४ हजार ६२५ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गरे । थानी योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गर्न सफल भएका छन् ।
प्रकाशित मिति : 08:08









